समाचार
HPV खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
पालिका स्तरीय HPV (Human Papillomavirus Vaccine) खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम गा.पा. अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूको अध्यक्षतामा सम्पन्न भयो । साथै यो खोप कार्यक्रम २०८१।१०।२३ गते देखि कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई तथा विधालय नगएकाहरुका लागि १० वर्ष देखि १४ वर्ष सम्मका छात्राहरुलाई नि:शूल्क नजिकको स्वास्थ्य सेवा केन्द्र तथा विधालयहरुमा यो खोप लगाईनेछ । यो खोप सम्बन्धि थप जानकारीको लागि टोल फ्री नं. १११५ मा सम्पर्क गरेर जानकारी समेत लिन सकिने व्यहोरा सम्बन्धित सबै जनसमुदायमा जानकारीको लागि अनुरोध छ ।
पालिकामा सम्पर्क गर्नका लागि स्वास्थ्य शाखा प्रमुख श्री सुरेश कुमार साह ज्यूको सम्पर्क नं. ९८४५०५८६८८ र सह संयोजक श्री शिवनारायण कुशवाहा ज्यूको सम्पर्क नं. ९८६२२१५११५ मा समेत सम्पर्क गरी बुझन सक्नुहुनेछ ।