समाचार
राष्ट्रिय शिक्षा दिवस २०८१ सम्पन्न भएका झलकहरु ।
मिति २०८१।०६।०२ गतेका दिन प्रसौनी गाउँपालिकाको गाउँपालिका अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूको अध्यक्षतामा आ.व. २०८१।०८२ को राष्ट्रिय शिक्षा दिवस कार्यक्रम मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री मा. श्री प्रमोद जैसवाल ज्यूको प्रमुख अतिथ्यमा तथा गा.पा. का उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, कर्मचारीहरु र अन्य महानुभावहरुको उपस्थितिमा प्रसौनी गाउँपालिका अन्तर्गतका सामूदायिक विधालयबाट SEE २०८० को परीक्षामा प्रसौनी गाउँपालिका भरिमा सर्वौत्कृष्ट तथा उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएका १/१ जना छात्र तथा छात्रालाई १/१ थान ल्यापटप र साईकल तथा प्रसौनी गाउँपालिका अन्तर्गतका सामूदायिक विधालयबाट SEE २०८० को परीक्षामा प्रसौनी गाउँपालिका भरिमा सर्वौत्कृष्ट तथा उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएका ८ जना छात्र - छात्राहरुलाई नगद स्वरुप २५,०००।- र १/१ थान साईकल र प्रसौनी गाउँपालिका अन्तर्गतका सामूदायिक विधालयबाट २०८० सालको कक्षा ८ को परीक्षामा प्रसौनी गाउँपालिका भरिमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएका १० जना छात्र - छात्राहरुलाई नगद स्वरुप ५,०००।- रासी पुरस्कार स्वरुप वितरण गरि कार्यक्रम मनाईयो ।