समाचार
प्रविधि हस्तान्तरण कार्यक्रम ।
आज मिति २०८२।०२।२० गतेका दिन प्रसौनी गा.पा. वडा नं. १ मा गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम (MEDPA) स्तरोन्नती कार्यक्रम अन्तर्गत उधमीहरुका लागि ७ दिने पेपर प्लेट बनाउने तालिमको समापन कार्यक्रम गा.पा. अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूद्धारा सेमी अटोमेटिक पेपर प्लेट बनाउने मसिन बजरंगबली लघु उधम समूहलाई हस्तान्तरण गरी समापन गर्नुभयो । उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष श्री किरण देवी, प्र.प्र.अ. श्री श्यामकिशोर प्रसाद लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । यो कार्यक्रमले भोजभतेरमा प्रयोग गरिने पेपर प्लेट बनाई आफ्नो जिविकोपार्जन गर्ने उधमशील बनाउने लक्ष्य लिएको छ ।