समाचार
पुरस्कार वितरण कार्यक्रम ।
आज मिति २०८३।०१।२८ गते सोमवारका दिन यस प्रसौनी गा.पा. द्धारा आयोजित पुरस्कार वितरण कार्यक्रम प्रसौनी गा.पा. अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूको अध्यक्षतामा तथा गा.पा. का उपाध्यक्ष किरण देवी ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री नविन कुमार श्रीवास्तव, वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु, शिक्षक वर्गका प्र.अ. र कर्मचारी, विधार्थीहरु लगायत गा.पा. का कर्मचारी मित्रहरु, ईलाका प्रहरी कार्यालयका प्रहरी साथीहरु तथा समाजसेवी ज्यूहरुको उपस्थितिमा कक्षा ८ मा उत्कृष्ट ५्/५ जना छात्र/छात्राहरुलाई नगद रकम रु. पाँच हजार र प्रमाणपत्र वितरण, SEE मा उत्कृष्ट ५/५ जना छात्र/छात्राहरु मध्ये ८ जनालाई पच्चीस हजार नगद र २ जनालाई ल्यापटप वितरण, कक्षा ११ मा १ जना उत्कृष्ट छात्रालाई ल्यापटप वितरण, कक्षा १२ मा १ जना छात्र र १ जना छात्रालाई ल्यापटप वितरण तथा प्र.अ. तथा शिक्षकहरुलाई शिक्षक डायरी वितरण र कक्षा तालिका फारम वितरण संगै कार्यक्रम सम्पन्न भयो ।



















