समाचार
HICDPs परियोजना अन्तर्गत प्रसौनी गाउँपालिका वडा नं. २ स्थित निर्माण गरिने श्री बेंगा साह माध्यमिक विधालय तथा पुस्तकालय भवनहरुको शिलान्यास कार्यक्रम सम्पन्न ।
HICDPs परियोजना अन्तर्गत प्रसौनी गाउँपालिका वडा नं. २ स्थित निर्माण गरिने श्री बेंगा साह माध्यमिक विधालय तथा पुस्तकालय भवनहरुको शिलान्यास भारतको महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत श्री देवी सहाय मीनाज्यू तथा प्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूद्धारा संयुक्त रुपमा सु-सम्पन्न भयो ।
ईति सम्बत् २०८२ साल चैत ३० गते रोज २ शुभम् ।
उक्त कार्यक्रम गा.पा. का उपाध्यक्ष श्री किरण देवी, प्रमुख प्रशासकीय अधिकृत श्री नविन कुमार श्रीवास्तव, वडा अध्यक्ष ज्यूहरु, कर्मचारी साथीहरु लगायत विधालयका प्र.अ. शिक्षवर्गहरु तथा भद्रभलादमीहरुको उपस्थितिमा सु-सम्पन्न भयो ।



















