FAQs Complain Problems

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ७
क्षेत्रफल: २०.२४ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: प्रसौनी, खुटवाजब्दी, प्रस्टोका (३-९) र बन्जरिया गा.वि.स.

बारा जिल्लाको दक्षिण भेगमा अवस्थित साविकको प्रसौनी, बन्जरिया, खुटवा जब्दी, र प्रष्टोका गाउँ विकास समितिलाई समायोजन गरी प्रसौनी गाउँपालिका गठन भएको छ । साविकको ४ वटा गा.वि.स. लाई समायोजन तथा विभाजन गरी जम्मा हालको ७ वटा वडा मार्फत नागरिकहरुलाई सेवा सुविधा प्रदान गरिएको छ ।

यस प्रसौनी गाउँपालिका गठन गर्दा कायम गरेको सिमा भित्र पर्ने जनसंख्या २०६८ सालको जनगणना अनुसार जम्मा २५,०४९ रहेको कुरा नेपाल सरकारले प्रकाशन गरेको राजपत्रमा देखिन्छ । यस तथ्याङ्कलाई तल तालिकामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाको जम्मा घरधुरी तथा जम्मा जनसंख्याको विवरण 

जम्मा घरधुरी:- ३६२६

जम्मा जनसंख्या:- २५,०४९

पुरुष:- १२८७२

महिला:- १२१७७

श्रोत:- राष्ट्रिय जनगण्ना, २०६८ र स्थानीय निकाय सिमा निर्धारण आयोग प्रतिवेदन, २०७४ 

 

जन प्रतिनिधी

कर्मचारी